कर्मचारी उच्च जोखिममा रहेको भन्दै सन्धिखर्क नगरपालिकाको सम्पूर्ण सेवा आजदेखि बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी उच्च जोखिममा रहेको भन्दै सन्धिखर्क नगरपालिकाको सम्पूर्ण सेवा आजदेखि बन्द


२७ जेष्ठ २०७७, मंगलबार


अर्घाखाँची । मङ्गलवारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ।

नगरपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरूलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ।

कर्मचारीहरूको मङ्गलवार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिएका छन्।

सन्धिखर्कमा सोमबार वडा नं. ६ र ७ को क्वारेन्टिनमा रहेका २८ जनासहित नगरपालिकाका एक गरी २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै जनालाई सोमबार नै सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन राखिएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए। उपप्रमुख भने होम क्वारेन्टाइननमा रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस