एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ


१८ जेष्ठ २०७७, आइतबार


भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजारस्थित एनआइसी एसिया बैङ्कको एटिएम फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बैङ्कको एटिएम फुटाउँदै गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङको साथबाट मेसिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटिएम मेसिनको बाहिरी कभर र रोलर(डन्डी) प्रहरीले बरामद गरेको छ ।

तामाङबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस