संविधान संशोधन विधेयक कार्यसूचीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधान संशोधन विधेयक कार्यसूचीमा


१८ जेष्ठ २०७७, आइतबार


विकास र समृद्धि

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयक पेस गर्ने तयारी गरेको छ । कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेस गर्ने संसद्को सम्भावित कार्यसूची छ ।

निशान छापमा नेपालको अद्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधवार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ ।

संसद् सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले सम्भावित कार्यसूची राख्न अनुमति दिएका हुन् ।

कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले आज(आइतबार) बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको छ ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरूलाई आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस