१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौरजहारी र दवदह घटनाप्रति राष्ट्रसंघ मानवअधिकारको गम्भीर चासो

अ+ अ-

रूपन्देही । रुकुपश्चिम र देव दह घटनाप्रति राष्ट्रसंघ अन्तर्गतको मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यवक्त गरेको छ । शुक्रबार ओएचसीएचआरले जेनेभाबाट विज्ञप्ति चारी गर्दै दुवै घटनाबारे स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएको छ ।

ओएचसीएचआरकी प्रमुख मिशेल ब्याचलेटले नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको बताउादै नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको उल्लेख गरेकी छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गत एक साताको बीचमा नेपालमा अन्तरजातीय सम्बन्धका विरोधीहरूले रुकुम पश्चिममा ५ जना र रुपन्देहीको देवदहमा एक दलित किशोरीको हत्या गरेको घटनाको निन्दा र शोक व्यक्त गर्दछु, यो दुःखलाग्दो कुरा हो कि २१ औं शताब्दीमा जाति आधारित पूर्वाग्रह हाम्रो संसारमा गहिरो रूपमा व्याप्त छ, र यी युवाहरूप्रति म शोकले भरिएको छु ।’

मिशेलले जारी गरेको विज्ञप्तिमा यो पनि भनिएको छ की,जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको छ । यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्छ ।

रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा अत्यन्तै चिन्ताजनक रिपोर्टहरू पनि आइपुगेको उल्लेख छ । उनीमाथि कथित उपल्लो जातको युवकले जबरजस्ती करणी गरेको, किशोरीलाई उक्त युवकसँग बलपूर्वक विवाह गराइदिन खोजिएको र सोही घटनाका कारण किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट उच्चायुक्त कार्यालयमा आएको विज्ञप्तिमा उल्लेख छ ।

पीडित परिवारले न्याय पाउनुपर्ने र सत्य तथ्य बाहिर आउनुपर्नेमा जोड दिदै उनले यो घटनाको पनि स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएकी छन् । ‘नेपाली समाजमा दलित जातिगत तहको सबैभन्दा कम संख्यामा देखिन्छन्, परम्परागत रूपमा छुवाछुतको रुपमा विभेद गरिएको र उक्त हत्याले नेपालमा आक्रोश बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक ग्यारेन्टीहरूको बाबजुद नेपालमा जातीय विभेद र हिंसाको दण्डहीनता अझै उच्च रहेको छ, यस संकटलाई सम्बोधन गर्न नेपालले ठूलो कदम चालेको छ, तर समाजमा भएको यो उन्मूलनलाई उन्मूलन गर्न अझ धेरै गर्न बाँकी छ र गर्नु आवश्यक छ तर कोभिड १९को महामारीले उनीहरूको जोखिम बढाएको छ ।’

यस्तै उनले क्वारेन्टाइनहरुमा समेत दलितमाथि जातीय भेदभाव, बलात्कार, कुटपीट, जस्ता विभेदका धेरै घटनाहरू दलित कार्यकर्ता र पत्रकारहरूले रिपोर्ट गरेको उल्लेख गरेकी छन् ।

संसदको कानून, न्याय र मानव अधिकार समितिले जातीय विभेद र हिंसाका सबै घटनाहरूको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको र संसदीय समितिले अधिकारीलाई दलित महिलाको सामूहिक बलात्कारका दुई घटनाका साथै हत्या, जबरजस्ती बेपत्ता पार्ने र जबरजस्ती गर्भपतन सम्बन्धी अन्य जातीय मुद्दामा तुरुन्त अनुसन्धान गर्न विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस