भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चीनमा भन्दा बढी, २४ घण्टामा सात हजार नयाँ सङ्क्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चीनमा भन्दा बढी, २४ घण्टामा सात हजार नयाँ सङ्क्रमित


१६ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । भारतमा कोरोना भाइरस(कोभिड-१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि एक लाख ६५ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सात हजार ४६६ नयाँ सङ्क्रमित फेला परेका छन् । एकै दिन भेटिएका नयाँ सङ्क्रमितको यो सङ्ख्या भारतको लागि अहिलेसम्मकै उच्च हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५९ हजार ५४६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ९८२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४५ जनाको मृत्यु भएको छ । दिल्लीमा १६ हजार २८१ सङ्क्रमित पुग्दा ३१६ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १५ हजार ५६२ सङ्क्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको सङ्ख्या पनि ९६० पुगेको छ । मध्य प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ४५३ पुगेको छ । यो राज्यमा ३२१ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा चार हजार ५३६ सङ्क्रमित पुगेका छन् भने मृत्यु हुनेको सङ्ख्या २९५ पुगेको छ । उत्तर प्रदेशमा पनि सङ्क्रमित सङ्ख्या सात हजार १७० पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १९७ जनाको मृत्यु भएको छ । विहारमा तीन हजार २९६ सङ्क्रमित पुग्दा १५ जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस