चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भत्ता यथावत् « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भत्ता यथावत्


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता यथावत् राख्ने भएको छ ।

राजस्व सङ्कलनमा आउने सङ्कुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता ल्याउने जनाउदै सरकारले राष्ट्रसेवक कर्मचारीलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउनदेखि खारेज गर्ने र स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रलाई मात्रै निरन्तरता दिने भएको हो ।

साथै कार्यालय सञ्चालन, इन्धन, मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श, सहायता, भइपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खचृमा उल्लेख्य बजेट कटौती गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस