७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौरजहारी घटनाको छानबिन गरी दोषीमाथि कारवाही होस् : पूर्वगृहमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको छ । रुकुम (पश्चिम) बाट निर्वाचित प्रतिनधिसभा सदस्य शर्माले प्रेस विज्ञप्ति जारी गर्दै चौरजहारीमा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रुपमा लिएको भन्दै छानबिनको माग गरेका हुन् ।

उनले भने, ‘उक्त घटनाको घोर भत्र्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन् र निर्दोष नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो ।’ सांसद शर्माले घटनाको छानबिनका लागि सरकारसँग उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनमा माग गर्दै भने, ‘घटनाको छानबिनमा सहयोग गर्न म प्रतिबद्ध छु ।’

संविधानमा दलित अधिकार उल्लेख भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिकरूपमा समाजलाई रुपान्तरण गर्न अझै सफल नभएको यस घटनाले देखाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यस्ता घटना फेरि पनि नघटुन् भन्नका लागि सामन्ती चिन्तन प्रवृत्तिविरुद्ध बृहत् सांस्कृतिक रुपान्तरणको सङ्घर्ष आवश्यक छ । यसको नेतृत्व राज्य स्वयंले गर्न साहस गर्नुपर्छ ।’

उक्त घटनाका विषयमा सङ्घीय संसद्मा सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको उल्लेख गर्दै सांसद शर्माले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने प्रयत्न भएको बताएका छन्। उनले जनयुद्ध, संविधान निर्माण र संविधान कार्यान्वयनमा आफूले राखेका खुला विचार र सङ्घर्ष सबैसामु छर्लङ्ग रहेको भन्दै भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।

‘मैले संसद्मा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समय मागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । म मेरा सम्पूर्ण भनाइ राख्नबाट बञ्चित भएँ’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिभएको छ, ‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतीकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने काम नहोस् ।’

आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारवाहीका साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन्। यही जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय विवाहको विवादमा सो घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस