२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजाको फोटो अङ्कित नोट चलनचल्तीबाट हटाइने

अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले पूर्वराजाहरुको फोटो अङ्कित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।

राष्ट्र बैङ्कले आइतबार बैङ्क तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै पूर्व राजाको तस्बिर अङ्कित नोट भए चलन चल्तीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैङ्कले ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सफा नोटहरू मात्रै बजारमा पठाउन पाउने गरी नयाँ व्यवस्था गर्दै झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रङ्ग लागेको, पूर्व राजाको तस्बिर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।

राष्ट्र बैङ्कले पुर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्कासन अयोग्य नोटको रूपमा वर्गीकरण गर्दै कुनै व्यक्ति वा संस्थासँग भएको नोट लगे त्यस बापत राष्ट्र बैङ्कले चलनचल्तीका नयाँ नोट दिनेछ ।

बैङ्कहरूले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्ट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रङ्गको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तो क्लिप गर्ने बैङ्कका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन । यस्तो नोटलाई राष्ट्र बैङ्कमा खाता भएकाले राष्ट्र बैङ्कमा र राष्ट्र बैङ्कमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैङ्कमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैङ्कले व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको नयाँ व्यवस्था अनुसार अब नोटमा बैङ्कहरूले स्टिच गर्न पाउने छैनन् । रबर, प्लास्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ ।

बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रूपमा सङ्क्रमण हित बनाउन समेत राष्ट्र बैङ्कले निर्देशन दिएको छ । साथै नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सामाग्री पनि सफा हुनुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

प्रतिक्रिया दिनुहोस