थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०० नाघ्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०० नाघ्यो


११ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । नेपालमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार थप १९ जना कोरोना सङ्क्रमित फेला परेको बताएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको छ ।

डा. देवकोटाका अनुसार सङ्क्रमित हुनेमा मोरङका एक जना ,बाराका एक जना, पर्साका तीन जना, रौतहटका एक जना, सर्लाहीका एक जना, रुपन्देहीका तीन जना र काठमाडौँका एक जना रहेका छन् ।

त्यसै गरी नुवाकोटका एक जना, रुपन्देहीका तीन जना, कपिलवस्तुका तीन जना र गुल्मीका एक जनामा सङ्क्रमण देखिएको छ । हालसम्म कोरोना सङ्क्रमण ४२ जिल्लामा फैलिसकेको छ, जसमा आइतबार पहिलो पटक नुवाकोटमा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस