२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा उच्च सर्तकता, क्वारेन्टिन थपसँगै प्रवेशमा कडाइ

अ+ अ-

लम्की । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ ।

टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो । शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप एकएक वटा क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो । ‘हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने तयारी गरेका थियौँ’, टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, ‘बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौँ ।’ हाल नगरपलिकाका क्वारेन्टिनमा १०० भन्दा बढी बसिरहेका छन् । स्थानीय पालिकामा क्वारेन्टिनमा बस्ने खचाखच भरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने किटको भने अभाव छ ।

‘क्वारेन्टिनमा बसेका सबैको स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन, बिनापरीक्षण पछि कसरी छाड्ने होला ?’, रावलले भने,‘प्रदेश सरकारसँग माग गरिरहेका छौँ । सुदूरपश्चिमका सबै जिल्लाका पालिकामा भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरु भरिएका छन् ।’

उता सीमासँगै जोडिएको भजनी नगरपालिकाकाले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरका सबै वडामा क्वारेन्टिन बनाउन थालेको छ । नगरसँग नजिकैको तहमा कोरोना सङ्क्रमित फेला परेसँगै नगरपालिकाले पनि उच्च सर्तकता अपनाउँदै १ देखि ९ वटै वडामा क्वारेन्टिन थप गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए ।

भजनी नगरपालिकामा यसअघि पाँच क्वारेन्टिन छन् । भारतसँगै सीमानाका जोडिएको तथा रोगजारीका क्रममा अधिकांश भारतमा रहेकाहरु आउने क्रममा रहेकाले भजनी थप जोखिममा पर्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाइएको चौधरी बताउँछन् । ‘सतर्कता अपनाउनुका साथै थप क्वारेन्टिन स्थापना गर्न थालेका छौँ’, चौधरीले भने, ‘जाँचलाई प्राथमिकता दिँदै प्रत्येक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’

कैलालीकै जोशीपुर गाउँपालिकाले पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको गाउँपालिकाका कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बताए। जोशीपुर गाउँपालिकाले तीन क्वारेन्टिन बनाई आन्तरिक तथा बाह्य क्षेत्रबाट आउनेलाई राख्ने गरेको छ । भारतलगायत अन्य क्षेत्रबाट आएकालाई एक ठाउँमा र नेपाल भित्रबाटै गाउँपालिकामा आएकालाई अर्को स्थानमा राख्ने गरेको छ । पछिल्लो समयमा गाउँपालिकामा पनि आन्तरिक क्षेत्र तथा भारतबाट आउने क्रम बढिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस