थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४ पुग्यो


१० जेष्ठ २०७७, शनिबार


काठमाडौँ । थप ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौँको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। डा. अधिकारीका अनुसार टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

त्यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ।  रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

यसै गरी भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस