२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो छिमेकी र साँध

कविता

अ+ अ-

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
मेरो जमिनको साँध
कहाँ सम्म छ,
जहाँ मेरो मात्र हक रहने छ !!

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
सिमामा ठड्याइएका
साँधका किल्लाहरू कस्तो छ,
जसमा मेरा पुर्खाको पसिना छ !!

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
मेरो मुहानको पानी
कस्तो छ,
त्यसमा तिम्रो प्यास मेटिएको छ !!

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
मेरो जमिनको साँधको
कुलो कता छ,
जहाँको पानी मेरो खेत आउन सक्छ !!

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
मेरो जमिनको
लाल-पुर्जा कहाँ छ,
जुन मैले बर्सेनि तिरो बुझाउनुपर्छ !!

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
तिम्रो पल्लो साँधको
पिलर बनेको,
मेरो सन्तानले के गरेको छ !!

मेरो असल छिमेकीलाई
सोध्न मन छ,
मेरो आफ्नो आर्जनको
सम्पत्ति कति हो,
जुन मेरो छिमेकीलाई मात्र थाहा छ !!

प्रतिक्रिया दिनुहोस