काठमाडौँ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै त्यसलाई निरन्तरता दिँदै वैशाख ३ सम्म थपेकोमा त्यसपछि १२ दिन थप्दै वैशाख १५ हुँदै १० दिन थप गरेर वैशाख २५ सम्म पुर्याएको थियो । र, सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।