२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धारको पखाईमा श्रमिक

अ+ अ-

‘दिदी म कुवेतबाट कान्छीमाया । चिन्नुभयो ?’ मैले हेलो भन्न नभ्याउँदै एक महिलाले एक श्वासमा भनी भ्याइन् । एकाबिहानको त्यही फोनले मलाई व्युँझ्यायो । बिहानी तन्द्रामा चिनिहाल्ने अवस्था भएन । उनी बोल्दै गएपछि ठम्याए, जसलाई केही वर्ष अघि कुवेतमा भेटेको थिएँ । अनि झल्याँस्स सम्झिए, घरेलु कामदारको रूपमा काम गर्दा उनले कुवेतमा भोगेको मानसिक र शारीरिक यातनाको कथा ।

चरम यातनाले कुवेतको दूतावाससम्मको शरणमा ल्याएको थियो उनलाई । त्यति बेला मैले उनलाई नेपाल पठाउन प्रयास गरेको पनि हो । तर, कान्छीमायाले रुँदै भनेकी थिइन्, ‘एक लाखभन्दा बढी खर्चेर कुवेत आएकी हुँ, अहिलेसम्म कमाई छैन, ऋण लगाएर रित्तो हात कसरी फर्किऊँ ? तामाका मुनाजस्ता दुई सन्तानको भविष्य हेर्नुछ अनि कसरी फर्किऊ दिदी ?’ पीडालाई पचाएर कुवेतमा काम गर्न चाहन्थिन् तर अर्को घरमा । बिहानै फोनमा कान्छीमाया भन्ने बित्तिकै मलाई त्यही दृश्य झलझली आयो ।

कान्छीमायाले दिदी भने पछि झल्याँस्स भएँ अनि भने ‘ओ हो, कान्छीमाया सन्चै छौैं ? यति लामो समयपछि कसरी सम्झ्यौ नि ?’ खासमा उनी अहिले पनि अफठ्यारोमा थिइन् । त्यसैले मैले सोध्न नपाउँदै भनिन्, ‘दिदी अफ्ठेरो परेपछि मात्रै सम्झिने रहेछ के, अन्यथा नमान्नुहोस् है, हामी अहिले पनि सङ्कटमा छौँ ।’

कान्छीमाया आफ्नो समस्या सुनाउन थालिन्, न खानलाई गतिलो प्रबन्ध छ, न सुत्न नै । एउटा सानो कोठामा १७ जना कोचिएका छौँ । अहिले त बिरामी नै भइसकियो । कुवेत सरकारले आफ्नो देशमा रहेका हजारौँ हामीजस्ता अवैध कामदारलाई आममाफी दिएको छ, अनि गैर कानुनी रूपमा बसेको अवधिको जरिवाना माफी दिएको छ । घर फिर्तीका लागि टिकट पनि दिएको छ । हामीले दूतावासमा गएर नेपाल फर्कन चाहिने कागजात पनि बनाई सकेका छौँ । खुसीको कुरा, आममाफी पाइयो । तर, नेपाल सरकारले नै हामीलाई आउन नदिने हल्लाले उदास छौँ ।

लकडाउनले अन्तर्राष्ट्रिय उडानमा रोक लागेको छ । त्यही लकडाउन मै कुवेत सरकारले अवैध काम गरिरहेका कामदारलाई आममाफी दियो । त्यसैमा परेकी कान्छीमाया यति बेला स्वदेश फर्किने हतारोमा छिन् । तर, धेरै जानकारी पनि छैन उनलाई नत्र किन सोध्थिन, ‘दिदी नेपाल सरकारले हामीलाई नेपाल आउन दिँदैन रे हो ? ’ भनेर । आममाफी पाउँदा कान्छीमायाको मनमा उठेको खुसीको तरङ्गको सायदै कल्पना गर्न सकिन्छ । तर उनको त्यो खुसी सरकारले नेपाल आउन रोक्दा पीडामा बदलिएको छ । र त, भन्छिन्, ‘दिदी हामीले के गल्ती गरेको छौँ र सरकारले रोकेको ?’ उनले एकोहोरो भनिरहिन् ‘के हामी नेपाल आमाका सन्तान होइनौँ ? सरकारको अनुमतिमै कुवेत आएको होइन र ?

कि हामीलाई आउन दिन हुँदैन थियो, आए पछि जान त दिनुपर्‍यो । हाम्रो पनि त घरपरिवार छ, बालबच्चा छन् । आमा कहिले आउने भन्दै बच्चा फोनमा रुन्छन् । मुटु गाँठो परेर आउँछ । अनि घरमै दुई गाँस खान पुग्ने भए यो बिरानो ठाउँमा पीडाको भारी बोक्न किन आउँथ्यौ ?’ कान्छीमाया पीडाको आहालमा डुबेकी छन् भन्नलाई यी संवादले बताइसकेको छ । त्यसमाथि आपतविपदको बेलामा परिवार साथमा छैन । बालबच्चा काखमा छैनन् । हातमा पैसा छैन, इलिगल भएर पैसा कमाउन सकिँदैन । सबैले शोषण गर्छन् कान्छीमायाको पीडा अनुमान गर्न सकिन्छ ।

डाँको छोडेर रुँदै भनिरहेकी थिइन्, ‘म कति अभागी है, यस्तो विपतमा परिवारसँग छैन, यतै मर्छु कि क्या हो ?’ कान्छीमायाको पीडा सुनिरहँदा मेरो आँखा पनि रसाई सकेको थियो । जसको पीडा मैले त्यतिबेलै कुवेतमा देखेको छु, अनुभूत गरेको छु । अहिले मसँग कान्छीमायालाई दिने जवाफ छैन । तर, फोनमा थप कहालीलाग्दो पीडा सुनेपछि दिनभरि एकतमासको भई रह्यो, मन ।

बिहानै सुनेको कान्छीमायाको पीडा दिनभरि कानमा गुन्जिरहेकै थियो । दिन निरसमै बित्यो । अनि साँझ, खाना खाएर फेसबुकमा भुल्दै थिएँ । फेसबुक साथीसंगतीको सम्बन्धको सेतुमात्र बनेको छैन, सूचनाको एउटा गतिलो साधन पनि बन्न पुगेको छ । त्यसैले झुलिन्छ फेसबुकमा मौका परे दिनभरि पनि ।

एक्कासि मेरो प्यारी साथीले कल गरिन् मेसेन्जरमा । मैले हेलो भन्न पाएको थिइन, पड्किन थालिन् हाँडीको मकैझैँ । ‘होइन के चाला हो नेपालको ? विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई सकुशल नेपाल ल्याउन सहयोग गर्नुपर्नेमा आउनै नदिने पनि हुन्छ ? अरू देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगिसके । हामी नेपाली मात्रै यहाँ छौँ । आफ्नै खर्चमा आउँछौँ भन्दा पनि आउने बाटो बन्द गर्न पाइन्छ ? सरकारका सबै नियम कानुन, प्रक्रिया, विधि पालना गर्छौ भन्दा पनि आउन नपाउने कस्तो विडम्बना ?’

मैले सुनिरहेको थिएँ, उनी भन्दै गइन् ‘होइन तिम्रो सरकारले अब हामीलाई हाम्रो घर आउन नदिने नै हो ? जिन्दगीमा पहिलो पटक हीनताबोध भइरहेको छ नेपाली भएकोमा । विश्वका विभिन्न मुलुकका नागरिकसँग प्रतिस्पर्धा गरेर यति ठुलो सपनाको महलमा जागिर खाएको थिएँ । विकसित मुलुकका नागरिक भन्दा हामी नेपाली पनि कम छैनौँ भन्ने गर्व थियो तर आज मेरो सबै भ्रम टुटेको छ साथी, टुहुरो भएको अनुभव भईरहेकोछ ।’ यसो भनिरहँदा उनको गला रसाएको आभास भइरहेको थियो ।

उनलाई जवाफ दिने सामर्थ्य मसँग थिएन । त्यसैले, सुनिरहेँ, उनले बोलिरहिन् । ‘खान बस्न कुनै समस्या छैन । अत्याधुनिक सुविधायुक्त आवास छ । अफिसले आवश्यक सरसामान किन्ने व्यवस्था गरिदिएको छ । तर पनि यस्तो सङ्कटको अवस्थामा म परिवारसँग छैन । परिवारको चिन्ता लागिरहेको छ ।

अफिस बन्द छ । दिनभरि एक्लै यो पराई मुलुकको बन्द कोठामा बस्दा मानसिक पीडा हुन थालेको छ । जो जहाँ जस्तो अवस्थामा छ, त्यही अवस्थामा रहनु भनेर कहिलेसम्म बस्ने यसरी ल भन् त’

वास्तवमा यदी यो लकडाउन बढ्दै जाने हो र घर फर्किन पनि नपाउने हो भने जो कोही पनि मानसिक रोगी नबन्लान् भन्न सकिन्न ।

संयुक्त राष्ट्र सङ्घ इराकमा कार्यरत उनीसहित ७ जना नेपाली घर फर्कने सुनौलो बिहानी पर्खँदै बसेका छन् । पीडा नहोस् पनि किन सँगै कार्यरत सबै कर्मचारीहरू आ–आफ्ना सरकारको सहयोगमा स्वदेश फर्किसके उनीहरू भने अझै दिन गन्दै बसिरहेका छन् ।

यी त प्रतिनिधि घटना मात्रै हुन् जो कोरोना कहरले बिरानो भूमिमा पिरोलिएका छन् । विश्वलाई चपेटामा पारी फैलिएको कोरोना भाइरसको महामारी र यसबाट बच्ने प्रमुख उपायको रूपमा अपनाइएको लकडाउनका कारण स्वदेश र विदेशमा रहेका नेपालीहरू समस्यामा छन् । अझ विशेष गरी खाडी मुलुकमा मजदुरी गरिरहेका र भारतीय सिमानामा अलपत्र परेका नेपालीहरूको हालत अत्यन्त दयनीय हुँदै गइरहेको छ । हिजोसम्म तिनै मजदुरको रगत, पसिना एवं पाखुरीको बलमा नेपालको अर्थतन्त्र चलायमान थियो । गत वर्ष मात्र उनीहरूको पाखुरीको कमाई बापत कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ योगदानसँगै रु ८ सय ७९ अर्व विप्रेषण भित्रिएको थियो । आज तिनै श्रमिक पीडामा छन् । उद्दारको पखाईमा छन् ।

बिरानो मुलुकमा लकडाउनले गर्दा थुनिएका ती नागरिकले आर्थिक गर्जो टार्न त समस्या भोग्न थालेका छन् नै, उनीहरू स्वयम् र परिवारका सदस्यमा मनोसामाजिक समस्या पनि थपिन सक्ने प्रबल सम्भावना छ । निरन्तरको तनाव, दबाब र चिन्तामा गुज्रिएका उनीहरूको समयमै उद्धार नहुने हो भने थप अकल्पनीय नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरसको अन्त्य हुन नसक्ने भन्दै खोप पत्ता लागे पनि यसको नियन्त्रणमा ठुलै प्रयास आवश्यक पर्ने भनेको छ । कोरोना नियन्त्रणमा आउला अनि श्रमिकको उद्धार गरौला भनेर बस्दा झन् भयावह अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ । युएईले नेपाललाई आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजान अपिल गरिरहेको छ । यदि नलगेमा नेपालमा नै ल्याइदिने सम्म भन्न थालेको छ ।

भोलिका दिनमा कोरोनाको सङ्क्रमण यसरी नै बढ्दै गएमा सबै देशले पहिलो प्राथमिकता आफ्नै नागरिकलाई दिन्छन् । आप्रवासी कामदारलाई हरेक राष्ट्रले स्वदेश फिर्ता पठाउन सक्छ । त्यस्तै अहिलेको विषम परिस्थितिमा एकै चोटि लाखौँ लाख नेपाली फर्किन खोजे नेपालको वर्तमान अवस्थाले धान्न नसक्ने हुन्छ । तर, विदेशबाट आफ्ना नागरिक ल्याएर कसरी सुरक्षित रूपले समाजमा अन्तर घुलन गराउने भन्ने विषयमा तीनै तहका सरकारले योजना बनाउन जरुरी छ ।

महिला, उच्च जोखिममा परेका, रोजगारी गुमाएका, आममाफी पाएका कामदारलाई पहिलो प्राथमिकतामा राखी योजनाबद्ध ढङ्गले उद्धारमा जुट्न आवश्यक छ । प्रत्येक व्यक्तिको आफ्नो देश आउन पाउने र बाँच्न पाउने अधिकार हुन्छ । राज्यको पनि सुरक्षित रूपमा आफ्ना नागरिक आउन दिने दायित्व हुन्छ । राज्य छ र त नागरिक छन् । नागरिकको अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्ने हुन्छ भने नागरिकको पनि राज्यप्रति केही कर्तव्य हुन्छ । तसर्थ व्यक्तिगत रूपमा अत्यन्त कठिन मोड नआएसम्म जहाँ जस्तो अवस्थामा छौँ, धैर्य गरेर बसौँ र राष्ट्रप्रतिको कर्तव्य पुरा गरौँ ।

प्रतिक्रिया दिनुहोस