१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योग र आयुर्वेदमय जीवन पद्धति हाम्रो अभियान

अ+ अ-

प्राकृतिक वैभवका दृष्टिले नेपाल विश्वमै एक नं. मा आउन सक्छ । संसारभरि जम्मा ८ प्रकारको हावापानी पाइन्छ । आठमध्ये सात प्रकारको हावापानी त नेपालमै पाइन्छ । यस हिसाबले नेपालमा ‘के छ ?’ भन्नुभन्दा पनि ‘के छैन ?’ भन्ने मूल प्रश्न हो । नेपालमा जडीबुटी र अनेक वनस्पति पाइन्छन्, जुन आयुर्वेदिक औषधिको खानी हो । पाइला पाइलामा टेकिने झारपात र जरा बुटा मानव र जीवजन्तुका लागि औषधि हुन् । यहाँको जङ्गल, भिरपाखा, पखेरा, पहाड, खाँेच, उपत्यका र हिमालदेखि तराईसम्म नै औषधि नै औषधि लडेका छन् । यहाँको ढुङ्गो, माटोमा पनि उच्च औषधीय गुण भएको प्राकृतिक सम्पत्ति हो । मौसमअनुसारका औषधीय गुणका झारपात र जीवजन्तु नेपालमा जताततै पाइन्छन् । संसारको महँगो औषधि यार्सागुम्बा त्यसमध्येको एक हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व पहिलो पटक लक डाउनमा प¥यो । यसले मानिसमा आतङ्क सिर्जना गर्‍यो । हरेक मानिसमा ठुलै तनाव पैदा भयो । यसको असर मानसिक रूपमा के कस्तो परेको छ, भविष्यमा थाहा हुँदै जान्छ । आर्थिक, सामाजिक, व्यापारिक, औद्योगिक, व्यावसायिक क्षेत्रमा भने यसले नराम्ररी असर पुर्‍यायो । अझ पर्यटन क्षेत्र त साह्रै नराम्ररी थलिएको अवस्था छ । यो समस्या कति समयसम्म चल्ने हो । यसै भन्न सकिन्न ।

चीनको वुहानबाट सुरु भए पनि कोभिड–१९ चीनमा मात्र सीमित भएन । प्रकृति हो, विश्व एक घर भएको यस समाजमा कोभिड–१९ का भाइरसहरू बिनाभिसा संसारभरि यात्रा गर्न सफल भए । मानव निर्मित सीमाले केही काम गरेन । मानिसबाट मानिसमा सर्ने यो भाइरसले विश्वका सबै मुलुकमा सहजै प्रवेश पायो । त्यसमा पनि सबैभन्दा धेरै असर अमेरिका र युरोपमा पर्‍यो । आज अमेरिकामा मात्रै झन्डै १५ लाख मानिस सङ्क्रमित भएका छन् । विश्वमा ४० लाखको हाराहारीमा सङ्क्रमित हुँदा विश्वमा मर्नेको सङ्ख्या पौने तीन लाख पुग्न लागेको छ । अमेरिकापछि बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी लगायतका देशहरूमा नराम्ररी यसले प्रभाव पारेको छ । जहाँ जहाँ औद्योगिक वातावरणको कारण प्राकृतिक आधारहरूको धेरै विनाश भएको छ ।

जुन मुलुकमा प्राकृतिक हावापानी, आहार विहार र आयुर्वेदिक, वस्तुहरूको उपयोग भएको छ, त्यहाँ रोगसँग लड्ने क्षमता धेरै रहेछ । गरिबीको नाममा, बाध्यताको नाममा वा आर्थिक अभावमा परेर वा आयुर्वेदको ज्ञान विज्ञानको जानकारीका कारण पनि औद्योगिक र विकसित मुलुकमा भन्दा नेपाल र नेपाल जस्तै प्राकृतिक गुण र क्षमता भएका मुलुकमा कोरोनाको असर कम देखियो । अर्थात् जसको भान्सामै औषधिजन्य खानाहरू बन्छन्, त्यस्तो खानाले कोरोना भाइरस जस्ता रोगहरूसँग लड्ने क्षमता शरीरले आफै उत्पादन गरेर राख्छ । जहाँ प्राकृतिक अक्सिजनदेखि हामीले खाने दैनिक खाना प्राकृतिक खाना नै रोग विरुद्धको मुख्य औषधि बन्न पुग्छ । त्यसैले हाम्रो भान्सा हाम्रो औषधालयको अभियानलाई अगाडि बढाउनुपर्दछ ।

राजश्व आम्दानीको नाममा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने अखाद्य वस्तुलाई क्रमशः कम गर्दै अन्त्य गर्ने अभियान राज्यको नीतिमै हुनुपर्छ । अखाद्य र अप्राकृतिक खाद्य पदार्थको व्यापार व्यवसायबाट प्राप्त हुने राजश्वले जनस्वास्थ्यको रक्षामा कुनै भूमिका खेल्दैन, बरु आघात पार्छ । जस्तै— चुरोट, रक्सी, पान, गुट्खा, खैनी आदि सामग्री मात्र नभएर आज युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्न पुगेको छ । हिजो दरबार र ठुला खानदानका सदस्यहरूबाट झाँगिएको लागु पदार्थको व्यापारिक धन्दा विस्तार हुँदै आज गाउँ गाउँका सिमाना जोडिएका जिल्लामा त घरघरमै दुर्व्यसनका पारखीहरूले गर्दा समाज आर्थिक र सामाजिक रूपमा थलिएको छ । यसको उपचार राज्य र राजकीय क्षेत्रबाट नखोज्ने हो भने समाज अझ जर्जर बन्न जाने छ । दुर्व्यसनी समाजले नेपालको समृद्धि र स्वाभिमान बचाउला भनेर आशा गर्ने ठाउँ रहँदैन । सबै खाले कडा वा साधारण मानिएका दुर्व्यसनीलाई पनि राज्यको तहबाट बेलैमा तहकिकात गर्न सकियो भने नेपाली समाजलाई एक हदसम्म बचाउन सकिन्छ ।

योग र आयुर्वेदको जीवनपद्धति हाम्रो अभियान भन्ने विषयमा अब सबै एक ढिक्का हुन आवश्यक छ ।

देशमा दुर्व्यसनजन्य पदार्थहरूको बेचबिखनबाट प्राप्त हुने राजश्वभन्दा धेरै राजश्व आयुर्वेदिक जडीबुटीको व्यावसायिक विकास, विस्तार निर्यातबाट जुटाउन सकिन्छ। यसबाट राष्ट्रिय आयमा टेवा पुग्न गई यस्ता स्वदेशी उत्पादनबाट रोजगारी पनि बढाउन सकिन्छ । आयुर्वेदको विकाससँगै जनस्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । मद्यपान र धूम्रपान जस्ता घातक वस्तुको उत्पादन र सेवनमा कैयौँ पिता पुर्खादेखि प्रयोग गर्दै आएका परिवारहरू पनि सङ्गठित रूपमा परित्यागमा जुटेका उदाहरण छन् । पूर्वी नेपालका लिम्बु र राई समुदायमा अहिले जाँडरक्सी, मांसहार जस्ता विषयमा उहाँहरू आफै जागरण अभियानमा रहेको गुरु फाल्गुननन्द लिङ्देनको अभियान, सत्यहाङ्मा अभियान, किरातेश्वर शिव सत्सङ्ग परिवारको अभियान हेर्ने हो भने पनि सजिलै परिवर्तन सम्भव छ भन्ने देखिन्छ । अब नागरिक नै मद्यपान, धूम्रपान र लागु पदार्थका दुर्व्यसनीहरू पनि यसको परित्यागमा संलग्न हुन सक्छन् । यस्तो चेतनाका लागि समाजमा गतिशीलता आउन थालेको छ । यो सकारात्मक अभियानबाट पनि राज्यले सिक्नुपर्छ । यस्ता अभियान स्थानीय तहबाट जनचेतना कार्यक्रममार्फत सञ्चालनमा ल्याउनुपर्छ । भौतिक पूर्वाधारमा मात्र विकास देख्नुहुँदैन ।

हामी जे पनि विदेशीको नक्कल गर्न रुचाउँछौँ । सही कुरा वा पक्ष पनि नकारात्मकतातर्फ उन्मुख रहेको हाम्रो समाजलाई हरेक क्षेत्रबाट नयाँ हिसाबले पुनर्संरचना अभियान कानुनी र सामाजिक दृष्टिले सञ्चालन गर्नुपर्छ । पार्टी र भोज खुवाउने नाममा विवाह, उत्सव आदि कार्यमा समेत जाँडरक्सीको प्रचुर प्रयोग र अखाद्य वस्तु र जनस्वास्थ्यमा असर गर्ने खाद्य तथा पेय पदार्थमा आज देशको अरबौँ रकम स्वाहा भएको छ । ‘क्यान्सर उपचार गर्नुभन्दा क्यान्सर लाग्न नदिनु नै बेस हो ।’ रक्सीको नसामा लट्ठिनाले आज कतिपय युवा उमेरमै कलेजो, मिर्गौला सङ्क्रमण हुने घटना भयावह रूपमा देखिँदै छ । यसबाहेक घाँटी, फोक्सो, दाँतको क्यान्सर यस्तै समस्याका कारण हुने गर्छ । यसलाई हामीले बेलैमा चिन्न सक्नु नै मुख्य विषय हो ।

यसलाई पुष्टि गर्ने आधार विश्व स्वास्थ्य सङ्गठनले ल्याएको कोरोना भाइरस विरुद्ध लड्न मद्यपान र धूमपान विरुद्ध अन्तर्राष्ट्रिय नारा नै एक उदाहरण हो । यस्ता मानव स्वास्थ्य घातक वस्तुको प्रयोगले व्यक्ति र राष्ट्र दुवैलाई क्षति पुर्‍याउने भएका कारण अब राजकीय क्षेत्रबाटै त्यसको विकल्प खोज्नु जरुरी छ । परम्परागत जडीबुटीको प्रयोगका साथसाथै आहार विहारमा परिवर्तन गरौँ ।

नेपाल योग र आयुर्वेदको जन्मभूमि हो । आज विश्व योग र आयुर्वेदमा केन्द्रित भएको समयमा जन्मभूमिमै यसको बेवास्ता जस्तै भएको अवस्था छ । हाम्रो शिक्षाले हामीलाई विषय केन्द्रित व्यावसायिक शिक्षा दिन सकेन भन्ने कुरा बुझ्नु जरुरी छ । पश्चिमाहरूले हामीलाई वेद, पुराण र पूर्वीय दर्शनशास्त्रबाट विस्थापन गराउन ठुलो मेहनत गरेको छ । आज पूर्वीय दर्शन, आयुर्वेदलाई रूढिवादी, पुरातन वादी भन्नेहरू आफ्ना पूर्वीय, दर्शन र योग, आयुर्वेदको विकास र प्रयोगमा लागेका छन् । सुनिन्छ, युरोप र अमेरिकी राज्यमा धेरैतिर आज संस्कृत पढाइ हुन्छ । हाम्रो देशमा महिला सांसदहरू स्वस्थानी जलाउनुपर्ने आवश्यकता देख्नुहुन्छ, अमेरिकी महिलाहरू स्वस्थानीमा पिएचडी गरेर यसको महत्त्व दर्शाउँदै व्रतको माध्यमले समाजमा कुसंस्कार स्थापित गरेको देख्छन् । हामीमा हाम्रो संस्कृति बुझ्ने क्षमता अन्तर हुँदै गएको छ ।

अहिले उनीहरू रासायनिक युगबाट जैविक युगमा प्रवेश गरिरहेका छन्, हामी भने जैविक युगबाट रसायनतिर, आयुर्वेद र योगबाट क्याफे, डिस्को, जुम्बातिर लिप्त छौँ । यो नेपाली समाजका लागि हानिकारक बन्दै छ । हाम्रा बेसार, असुरो, अश्वगन्धा, पिपला, अदुवा, तुलसी, हर्रो, बर्रो, हलेदो, बिखमा, खानाक्पा, जटामसी, कुट्की, चिराइतो, जेठी मधु, घिउकुमारी, सञ्जीवनी, सञ्जीवन, पारिजात जस्ता हजारौँ हजार जात, वर्गका औषधि हाम्रो घर आँगनदेखि बाटोघाटो, खेतबारी, वन पाखा र जङ्गल हिमालदेखि तराईसम्मका सबै भागमा पाइने प्राकृतिक झारपात र बोटबिरुवा हाम्रा औषधि वर्गमा पर्छन् । तिनीहरूको अधिकांश नाम र प्रयोग संस्कृत भाषामा भएकाले हामीले हक गुमाउँदै गएका छौँ ।

शिक्षामा संस्कृत अनिवार्य लागू गर्नु जरुरी छ । योग र आयुर्वेदलाई नेपाल सरकारले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाटै नीतिगत रूपमा ध्यान दिनु जरुरी छ । २०–२५ वर्षदेखि एलोप्याथिक औषधिको प्रयोगकर्ता २० वर्षअगाडिको मिर्गौला दाता लेखक हुँदा त्यसले पुर्‍याएको साइड इफेक्टमा परेपछि १८–२० वर्षदेखि यही योग, आयुर्वेद र जडीबुटीको प्रयोगले साढे ६ दशकमा पनि  स्फूर्ति प्राप्त गरिरहेछ । २०३४ सालमा ताप्लेजुङ शिक्षा कार्यालयमा जागिरे छँदा वैशाख १ गते नयाँ वर्षमा गरेको नयाँ अठोट (धूमापान, मद्यपान नगर्ने, सधैँ भ्रष्टाचार विरुद्ध उभिने र श्रम एवम् सिर्जनाको सम्मानमा उभिने) लिएको यो लेखक आज पनि सोही अभियानमा निरन्तर छ । योग र आयुर्वेदको जीवनपद्धति हाम्रो अभियान भन्ने विषयमा अब सबै एक ढिक्का हुन आवश्यक छ । नेपाल र नेपालीको हितमा योग र आयुर्वेदको प्रयोगलाई आधिकारिक रूपमा सञ्चालन गर्नु जरुरी छ । कोरोना भाइरस जस्ता महामारीले यसकै माग गर्दछन् ।

२०७७ वैशाख २९ लेखक पातञ्जल योग समिति, नेपाल सल्लाहकार संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस