२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय क्वारेन्टिनबाट भागेकाको स्वाब सङ्कलन

अ+ अ-

राँझा । सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा गाउँका १९, २४ र ३५ वर्षीय युवाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतीय क्वारेन्टाइनबाट सङ्क्रमित युवा भागेर नेपाल प्रवेश गरेको जानकारी पाउनासाथ खटिएको स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासी र जनप्रतिनिधिको सहयोग तथा समन्वयमा बुधबार स्वाब सङ्कलन गरेको हो ।

पन्ध्र दिनदेखि भारत, श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका उनीहरुको परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको थियो । क्वारेन्टाइनबाट भागेर नेपाल प्रवेश गरेका उनीहरु गाउँमै लुकिछिपी बसेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यले बताए ।

भारतको महाराष्ट्रमा रोजगारीका क्रममा रहेका तीन युवा घर फर्किनेक्रममा कोरोना सङ्क्रमणको आशङ्कामा १५ दिनदेखि भारत, सिरसिया क्वारेन्टाइनमा रहँदै आएकामा परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोमबार फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा बुधबार भेटिएको वडाध्यक्ष मौर्यको भनाइ छ ।

अध्यक्ष मौर्यले भारतमा मजदूरी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको बताए । बाँकेको दक्षिण पूर्वी ग्रामीण नाका हुँदै भारतबाट आएका तीन सय जनालाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस