२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयले सम्पूर्ण पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा प्रकाशन गर्नुपर्‍यो : नेता नेपाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको नयाँ नक्सा सम्पूर्ण पाठ्यपुस्तकमा प्रकाशन गर्न आग्रह गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समतिको बैठकमा बोल्दै नेता नेपालले शिक्षा मन्त्रालयलाई नेपालको सम्पूर्ण भूभाग भएको नक्सा पाठ्यक्रममा प्रकाशन गर्नुपर्ने बताएका हुन् ।

उनले शिक्षा मन्त्रालयबाट पाठ्यपुस्तकमा नेपालको नक्सा प्रकाशित गर्ने कुराको सन्दर्भमा अनावश्यक आपत्ती जनाउने काम भएको भन्दै नेता नेपालले विरोध जनाए ।

‘मैले के सुन्दछु भने शिक्षा मन्त्रालयबाट पुस्तकमा नेपालको नक्सा बनाउने कुराको सन्दर्भमा पनि अनावश्यक आपत्ति गर्ने कामहरु भयो । आपत्ति गर्ने काम नगर्नुस् । तथ्य प्रमाणले यी सबै कुरा देखाएको छ भने हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्ने पाठ्यक्रममा, स्कुलहरुको पाठ्यक्रममा, कलेजका पाठ्यक्रममा त्यस्ता नक्साहरु प्रकाशित हुनुपर्यो’ नेता नेपालले भने ।

उनले नेपालको पश्चिमको सिमाना लिम्पियाधुरासम्म हो भन्ने कुरा सबै दस्ताबेजहरुले प्रमाणित गर्ने बताए । उनले भने, ‘लिम्पियाधुराबाट निस्किएको नदी काली नदी नै नेपाल–भारतको सिमाना भएकोले त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । ती भूभागका नेपालले आफ्नो दाबी छोडेको कुनै अग्रिमेन्ट भएको छैन, हामी यति प्रष्ट भइसकेपछि पनि किन अनावश्यक रुपमा मित्र राष्ट्रसँग अविश्वास बढाउँदै जाने ? भारतसँग अहिले पनि कुरा गर्न सकिन्छ । किनभने नेपाली जनमत उद्वेलित छ । आक्रोशित पनि छ । देशभक्तिको भावना बढिरहेको छ । भारतविरोधी भावना बढिरहेको छ ।’

नेता नेपालले सरकारलाई विवादित बनाउने काम गर्नु भन्दा पनि सबै मिलेर यसबारे समाधान खोज्नुपर्ने बताएका हुन् । उनले सिमानामा काडेतार र पर्खाल लगाउन समेत जोड दिएका छन् ।

नेता नेपालले भने, ‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस