तिम्रो प्रेम
उषाको किरण जस्तै
न्यानो आभासको
अनगिन्ती खुसी रहेछ !
तिम्रो प्रेम
उत्साह, उमङ्ग
आनन्द प्रकटको
अनमोल सपना रहेछ !!
तिम्रो प्रेम
पवित्र बन्धन सहितको
शून्य र अँध्यारो मेट्ने
मिठा-मिठा पल रहेछ !!
तिम्रो प्रेम
करोडौंको स्वर्ण मुद्रा
फक्रीएको गुलाव जस्तै
सफल जिन्दगी रहेछ !!
तिम्रो प्रेम
निश्चल, निष्कपट रुपी
त्याग सहितको
स्निग्ध माया रहेछ !!
तिम्रो प्रेम
सुकोमल विश्वास
कञ्चन ध्वनिले बनेको
खुला सङ्गित रहेछ !!
तिम्रो प्रेम
कहिल्यै नमेटिने
अमृत जस्तै
सिमसिम वर्षा रहेछ !!
तिम्रो प्रेम
वर्णन गर्न नसकिने
चन्द्रमाको प्रकाश जस्तै
शान्त हृदय रहेछ !!
तिम्रो प्रेम
अवर्णनिय, मुस्कान
पुर्णताको विन्दुमा नपुग्ने
अलिखित माया रहेछ !!