काठमडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बस्दै छ । स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न बुधबार दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो ।
बैशाख २० गते बसेको सचिवालय बैठकले सचिवालय बैठक बसेलगत्तै बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेलले प्रतिवेदन पेश गर्ने तयारी छ ।
पार्टीभित्र संस्थागत निर्णय हुन नसकेको भन्दै २० स्थायी कमिटी सदस्यहरुले बैठकको माग गरेका थिए । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विधि र प्रक्रिया पूरा नगरी अध्यादेश ल्याएको भन्दै असन्तुष्ट रहँदै आएका छन् ।