२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले विद्यालयहरूलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरूलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दीपक शर्माले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरूलाई निर्देशन दिएको हो । लकडाउनका कारण विद्यालयहरूको पठनपाठन बन्द रहेको छ । विद्यालयहरूले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरूले विद्यार्थी भर्ना गर्न दबाब दिँदै आएका छन् ।

मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरूलाई समेत सचेत गराएको हो । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरूलाई निर्देशन दिएको हो ।

प्याब्सनले आगामी २६ गतेबाट विद्यार्थी भर्ना गर्न देशभरका निजी विद्यालयहरूलाई निर्देशन दिएको थियो । कतिपय सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रिया अघि बढाएका थिए ।

कोराना भाइरसको जोखिम कायमै रहेका तत्कालका लागि कुनै पनि शैक्षिक गतिविधि नगर्न मन्त्रालयले सूचित गरेको हो । विद्यालयहरूले अहिले कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गरिरहेका छन् । मन्त्रालयले कक्षा १०, ११ र १२ को परीक्षाको सर्न्दभमा पनि कुनै पनि निर्णय नभएको जनाएको छ ।

सरकारले निजी विद्यालयहरूलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको थियो । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा शुल्क छुट बारेको जानकारी विद्यालयहरूले सम्बन्धी स्थानीय तहमा दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस