६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भेटिएपछि नेपालगञ्जवासीको फेरियो दिनचर्या, धर्मगुरुको रिपोर्ट नेगेटिभ

अ+ अ-

राँझा । कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् । विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिबार नेपालगञ्जका सडक सुनसान देखिएका थिए ।

नेपालगञ्जमै कोरोनाको बिरामी भेटिएपछि त्रासले नेपालगञ्जवासीको दिनचर्यामा परिवर्तन आएको हुन सक्ने बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । उनले स्थानीय प्रशासनले बिहान १० बजेदेखि अत्यावश्यकबाहेकका पसल बन्द गराई आवतजावत बन्द गराएकाले बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने उल्लेख गरे ।

नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले कोरोना पोजेटिभ देखिएपछि समुदायमा त्रास देखिएको बताए । ‘पहिलेदेखिनै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उनले भने, ‘एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, मान्छे घरबाट बाहिर निस्किन डराइरहेका छन् ।’

उनले त्रास मात्रै गरेर केही नहुने भएकाले थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी मुसलमान समुदायलाई रमजानको सबै कार्यक्रम घरभित्रै गर्न आग्रह गरिएको बताए ।

८३ को स्वाब सङ्कलन
नेपालगञ्जमा कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । आइतबार नै उनीहरुको कोरोना रिपोर्ट आउने छ । सो टोलमा कोरोना संक्रमित व्यक्ति दैनिक मस्जिद तथा मदरसामा आएको देखिएकाले त्यहाँ रहेका ७८ जनालाई टोललाई नै एकान्तबास बनाएर राखिएको छ । स्थानीय प्रशासनले शुक्रबार रातिदेखि नै सो टोललाई बन्द गरेको छ । अब १४ दिनसम्म टोलभित्र आवतजावत ठप्प गराइएको छ । सङ्क्रमितका परिवार र आफन्त आठ जनालाई शनिबार नै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ ।

धर्मगुरुको रिपोर्ट नेगेटिभ
बाँकेको नरैनापुर र नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सङकलन गरिएको धर्मगुरुको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नरैनापुरबाट ३१ मौलाना र सात पुजारीसहित ५६ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरबाट पुजारीसहित ४० र मेडिकल कलेजबाट तीन जनाको स्वाब परीक्षण गरिएकामा सबै नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब शनिबार सङ्कलित ९० जनाको स्वाब रिपोर्ट आउन बाँकी छ । यसमा कोरोना सङ्क्रमित व्यक्तिका घरपरिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिसमेत छन् । रासस

प्रतिक्रिया दिनुहोस