६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाइँमा झा र अन्य चिकित्साकर्मीलाई बधाई

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा. रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन् ।

आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरे । ‘तपाईँ र तपाईँजस्ता चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुनेछ’, मुख्यमन्त्री पौडेलले जारी गरेको बधाई सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री पौडेलले यो सफलता देशको सबैभन्दा ठूलो सरकारी प्रयोगशालामा रहेर दैनिक औसत ७० बिरामीको स्वास्थ्य परीक्षण रिपार्टको अन्तिम टुङ्गो लगाउनुहुने डा झा र उनको समूहकोे अद्वितीय सफलता भएको बताए । पौडेलले यो सफलता कोरोना भाइरसको कहरका बीचमा प्राप्त अवसरको समुचित प्रयोगबाट निस्किएको राष्ट्रिय उपलब्धि पनि भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पौडेलले नेपालका लागि कोरोना भाइरस एक महामारी मात्रै नभई संसारलाई नेपाली जनताको विवेक, स्वास्थ्यकर्मीको क्षमता, सुरक्षाकर्मीको लगन र सरकारको व्यवस्थापन देखाउने सुनौलो अवसरका रूपमा पनि आएको उल्लेख गरेका छन् ।

उनले सन्देशमा कोरोनाविरुद्ध सरकारले व्यवस्थित र चुस्त रणनीति अपनाएको, देशभर परीक्षणको व्यवस्था गरेको तथा वाग्मती प्रदेशमा मात्रै विभिन्न छ स्थानबाट कोरोनाको परीक्षण भइरहेको उल्लेख गरेका छन् । ‘कोरोनाविरुद्ध हामी सबै डटेर लागेका छौँ, हामी चाँडै नै कोरोनालाई सधैँका लागि बिदा गर्दैछौँ’, मुख्यमन्त्री पौडेलले सन्देशमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस