२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी घटनाप्रति पर्यटनमन्त्री भट्टराईद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति भएको आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गरेका छन् ।

उनले आज यहाँ एक विज्ञप्ति जारी गर्दै फुङ्लिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत गरेका छन् ।

मन्त्री भट्टराईले सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराएका छन् ।

उनले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइप्रति सहानुभूति प्रकट गर्दै उक्त आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीय समुदायबाट भएको कार्यको प्रशंसासमेत गरेका छन् ।

फुङ्लिङको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट सातवटा निजी घर पूर्णरुपमा क्षति हुनाका साथै सोही स्थानमा रहेका अन्य थुप्रै व्यावसायिक पसल, सङ्घसंस्थाका कार्यालयमा ठूलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस