६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीर्घरोग भएका बिरामीलाई घरमै निःशुल्क औषधि

अ+ अ-

दिक्तेल । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण गरेको हो ।

उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क वितरण गरेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । “अहिले हाम्रो ध्यान कोरोना भाइरसको जोखिम हुन नदिन मात्रै केन्द्रित छ”, उनले भने, “तर यो बेला रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनुहुन्न । औषधि लिन जान नपाएर अप्ठ्यारामा परेका बिरामीलाई तत्काललाई १५ दिनसम्म पुग्ने औषधि ल्याएर निःशुल्क वितरण गरेका हौँ ।”

स्थानीय स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा बिरामीलाई १५ दिन पुग्ने औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । लकडाउनका कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिएर समस्यामा परेका थिए ।

पहिलो चरणमा रु एक लाख ५० हजारमा खरिद गरेर ल्याइएको औषधि सम्बन्धित वडामा कार्यरत स्वास्थ्यकर्मीमार्फत यही वैशााख १२ गतेदेखि घर–घरमा पुगेर वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । नियमित औषधि सेवन गरिरहेका वडा नं १ याम्खाका ८०, वडा नं २ डाँडागाउँका ३३, वडा नं ३ छोरम्बुका ११, वडा नं ४ बतासेका ६७, वडा नं ५ सछितापोखरीका ३७, वडा नं ६ छितापोखरीमा २५ र वडा नं ७ टेम्माका ५५ जना बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले बताए ।

गाउँपालिकाले आफ्नो घरैमा निःशुल्क औषधि उपलब्ध गराएपछि नियमित औषधि सेवन गर्दै आएका बिरामीसमेत हर्षित भएका छन् । रुघाखोकी, झाडापखाला, ज्वरोलगायतका मौसमी रोग फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई पाँच लाख बराबरको जगेडा औषधिसमेत खरिद गरेर प्रदान गरेको छ ।

कतिपय बिरामीले आफन्त तथा स्वास्थ्यकर्मीमार्फत झिकाएर सेवन गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिसमेत अभाव हुने अवस्थामा पुगेको जनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले औषधि खरिदका लागि बजेट विनियोजन गरे पनि लकडाउनका कारण ढुवानी गर्न नपाउँदा अभाव हुने अवस्था आएको हो ।

एउटा मात्र सरकारी अस्पताल रहेको जिल्लामा सङ्घ तथा प्रदेश सरकारबाट नियमित आउने औषधि अहिलेसम्म एकपटक पनि नआएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराउने ७० किसिमको औषधि जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहलाई वितरण गरिँदै आइएको छ । रासस

प्रतिक्रिया दिनुहोस