१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास कामको अनुगमन गर्दै सभापति कोइराला

अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास निमार्णका काममा चासो दिँदै अनुगमनलाई निरन्तरता दिएका छन् । कोइरालाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएका कामलाई अब निरन्तरता दिनुपर्ने भन्दै विभिन्न स्थानको अनुगमन गरेका हुन् । कोइरालाले आज आफ्नै निर्वाचन क्षेत्र बेगनासताल बाँधमा भइरहेको कामको अनुगमन गरे । उनले निर्माण सामग्री र मजदुर ल्याउन समस्या भए आफूलाई खबर गर्न र कामलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिए ।

उनले अब विकासको काममा जोड दिनुपर्ने भन्दै सुरक्षित वातावरण तयार गरेर बेरोजगार भएका मजदुरलाई काम गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । सांसद कोइरालासँगै अनुगमनमा पुगेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इञ्जिनीयर किरण आचार्यले रु दुई करोडको लागतमा बाँध निर्माण हुनलागेको जानकारी दिए । कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माण यही असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

बन्दाबन्दीका कारण केही दिन काम रोकिए पनि सांसद कोइरालासहित सबैको सहयोगले निर्माणकार्य शुरु भएको उनको भनाइ थियो । “बाँध निर्माणका लागि लकडाउन अगाडि खनेर राखेको बाँधको जग वर्षायाम शुरुसँगै निर्माण हुन नसकेर झन् समस्या हुन्छ कि भन्ने चिन्ता थियो । अब काम शुरु भयो, ढुक्क भयो”, आचार्यले भने।

उक्त योजनाका इञ्जिनीयर मोहनराज आचार्यले विसं २०४५ मा निर्माण भएको वेगानास बाँध अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताए । आचार्यले भने, “बाँध पुरानो हुँदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने (पाइपिङ हुने) समस्या हुन्थ्यो, पुनःनिर्माणले ड्यामको आयु बढाउनुका साथै क्षयलाई रोक्न मद्दत पुग्नेछ ।” सांसद कोइरालले सुन्दर शहर पोखराको लेखनाथमा रहेको बेगनासताललाई पर्यटककीय आकर्षण क्षेत्र बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस