काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९८८ पुगेको छ ।
ओरल्डोमिटरमा उल्लेखित तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४१३ जनाको ज्यान गएको छ । ९ लाख ८७ हजार १६० जना संक्रमित भएका छन् । जसमध्ये १ लाख ८८ हजार ७ सय ८१ जना निको भएर घर फर्किसकेका छन् ।
इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।
भारतमा ८ सय ८१ जनाको मृत्यु भइसकेको छ । २७ हजार ८ सय ९० जना संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।