२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा विदेशबाट आएका सबै रिपोर्ट ‘नेगेटिभ’

अ+ अ-

खोटाङ । विदेशबाट घर फर्किएका खोटाङका ११५ स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसीआर परीक्षण गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाबाट वैशाख ३ गतेदेखि अभियानकै रूपमा शुरु गरिएको पहिलो चरणको आरडिटी उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका पुगेर टुङ्ग्याइएको हो ।

रावाबेँसीका तीन, साकेला गाउँपालिकाका १५, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नौँ, हलेसी तुवाचुङ नगरपालिकाका २३, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाका पाँच÷पाँच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आठ, खोटेहाङ गाउँपालिकाका २६, बराहपोखरी गाउँपालिकाका एक र जन्तेढुङ्गा गाउँपालिकाका २० जनामा आरडिटी गरिएको थियो । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन जिल्लाका १० वटै स्थानीय तहमा पुगेर आरडिटी गरिएको हो ।

प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्ने १२० किट पठाएपछि विदेशबाट फर्किएका व्यक्तिको आरडिटी शुरु गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि विदेशबाट १४० जना घर फर्किएको भए पनि चैतयता घर आएका व्यक्तिको मात्र आरडिटी गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको भनाइ छ ।

आरडिटीका क्रममा खोटाङबाट पिसीआर टेष्टका लागि पठाइएको नमूना स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको संयोजक चाम्लिङले बताए । संयोजक चाम्लिङका अनुसार जिल्लाबाट १६ नमूना सङ्कलन गरेर पठाइएकामा १५ जनाको नमूना स्वाबको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । जिल्लाबाट पठाइएकामध्ये एक जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा परीक्षण गरिएको आरडिटीको रिपोर्ट नेगेटिभ देखिए पनि १० प्रतिशतको नमूना सङ्कलन गरेर पिसीआर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।

खोटेहाङ गाउँपालिकाबाट पाँच, हलेसी तुवाचुङ नगरपालिकाबाट छ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट चार र जन्तेढुङ्गा गाउँपालिकाबाट एक जनाको पिसीआर टेष्टका लागि नमूना पठाइएको थियो । यसभित्र फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीसँगै कतारबाट काठमाडौँसम्मको यात्रा गरेका एक युवा तथा उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुर ठानागाउँका एक पुरुषको पिसीआर रिपोर्ट पनि समावेश गरिएको थियो ।

प्रदेश सरकारले पठाएको किट अपुग भएकाले थप माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सामग्री भने पर्याप्त आइसकेको जनाइएको छ । जिल्लाका दश वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि निर्माण गरिएका क्वारेन्टाइन बस्नेको सङ्ख्या ८७ जना मात्र रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस