२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा

अ+ अ-

भैरहवा । कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ ।

मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा कुल ४५३ शय्याको क्वारेन्टाइन, १०० शय्याको आइसोलेशन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । प्रदेशको अन्तरराष्ट्रिय सीमाक्षेत्रमा आठ, प्रदेश सीमामा तीन र जिल्लामा पाँच हेल्थ डेसक स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ । सेनाले प्रदेशभरि १२१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

बन्दाबन्दीको कार्यान्वयन गराउनका लागिसमेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र ११५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए ।

कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेशन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालीमको व्यवस्थासमेत गरिएको बताइएको छ । नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६२१ शय्याको क्वारेन्टाइन, ५९२ शय्याको आइसोलेशन वार्ड निर्माण तथा विशेष तालीमप्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३०८ खटाएको सैनिक मुख्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस