जेनेभा । कोरोना भाइरस (कोभिड १९) महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख २७ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार बिहानसम्म अमेरिकामा सबैभन्दा बढी ५२ हजार १७६ जनाको मृत्यु भएको छ । ९ लाख २४ हजार २ सय ६२ जना संक्रमित हुन पुगेका छन् ।