काठमाडौं । बुधबार पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई नेपाल तरुण दलले बिना सर्त रिहा गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै तरुण दल अध्यक्ष जीतजंग बस्नेतले उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरेका हुन्।
सामाजिक सन्जालमा जथाभावी लेखेको आरोपमा बुधबार पक्राउ परेका उनलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ ।
तरुण दलले यस्ता गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि ‘जस्तोसुकै’ आन्दोलन गर्ने चेतावनी दिएको छ ।