६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत वितरणमा पूर्वाग्रह भएको कांग्रेसको आरोप

अ+ अ-

पोखरा । नेपाली काँग्रेस कास्कीले राहत वितरणमा पूर्वाग्रह भएको आरोप लगाएको छ । पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, जिल्लाका प्रदेशसभा सदस्यसहितको उपस्थितिमा बुधबार सम्पन्न विशेष बैठकपछि जारी विज्ञप्तिमा एकद्वार प्रणालीका नाममा गरिएको राहत वितरण विभेदकारी भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

बैठकले कोरोना सङ्क्रमणपछिको अवस्था विश्लेषण गर्दै चार वटा निर्णय गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । लक्षित वर्गसम्म यथोचितरूपमा पुग्न नसकेको राहत वितरणको प्रभावकारी अनुगमन आवश्यक देखिएको भन्दै काँग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको पक्षपातपूर्ण व्यवहारले परिस्थिति झन् जटिल र गम्भीर बनेको उल्लेख गरेको छ ।

राजनीतिक दल र नागरिक समाजको समसहभागितामा राहत वितरण कार्यलाई अघि बढाउन काँग्रेसले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । जननिर्वाचित प्रदेशसभा सदस्य विन्दुकुमार थापाले जनताप्रतिको उत्तरदायित्व वहन गर्दै पोखरा–२१ लगायतका वडामा राहतबाट वञ्चित विपन्न नागरिकलाई राहत वितरण गर्दा स्थानीय जनप्रतिनिधि र प्रशासनले अवरोध गरेको भन्दै बैठकले त्यसप्रति पनि खेद प्रकट गरेको बताए।

जननिर्वाचित प्रतिनिधि व्यक्ति मात्र नभएर संस्था पनि भएकाले राहत वितरण गर्दा उल्टै कारवाहीको माग गर्नु आपत्तिजनक र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस