१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण

अ+ अ-

दमौली । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारीसाधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलिन भाइरस नष्ट गर्ने औषधि (टिएच) बाट सवारीसाधन निसङ्क्रमण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

यस कार्यलाई निरन्तरता दिइने जनाउँदै थापाले भने, “गण्डकी प्रदेशमा आउने सबैखालका सवारीसाधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेश दिइनेछ,” । यसले प्रदेशलाई सुरक्षित राख्न सहयोग पुग्नेछ ।”

सवारीसाधनलाई निसङ्क्रमण गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले कोरसोलिन टिएच औषधि गाउँपालिकालाई उपलब्ध गराएको छ । विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा पाँच दिनलाई पुग्ने औषधि गाउँपालिकालाई उपलब्ध गराइएको र थप औषधि पनि उपलब्ध गराइनेछ ।
सवारीसाधन निसङ्क्रमण गर्नका लागि आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित युवा क्लवका युवाहरु पनि खटिनेछन् । बन्दाबन्दीका क्रममा पृथ्वीराजमार्ग हुँदै दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन गण्डकी प्रदेश भित्रिने गरेका छन् ।

उक्त ठाउँमा गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष समेत सञ्चालनमा राखेको छ । स्वास्थ्य सहायता कक्षबाट प्रदेश प्रवेश गर्ने सबैको ज्वरो मापन गर्ने कार्य भइरहेको छ । त्यसका लागि गाउँपालिकाले स्वास्थ्य सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल मनकामना गणबाट उक्त नाकामा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षबाट एक हजार ९ सय ८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाका अनुसार तीमध्ये १ सय ५३ महिला र एक हजार ७ सय ५५ पुरुष छन् ।

पैदलयात्रुको उद्धार
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हिँडेर घरतर्फ जान लागेका नौ जनाको मजदुरलाई उद्धार गरी घर पठाएको छ । गोरखामा केन्द्रीय विद्युत प्रशारण लाइनमा काम गर्ने नौ मजदुरलाई गाडी चढाएर पठाइएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

बर्दिया घर भएका उनीहरु बन्दाबन्दीसँगै काम प्रभावित भएपछि घर जान लागेका हुन् । बर्दियाका रामलक्ष्मण थारुले बन्दाबन्दी नखुलेको र घरबाट पनि बोलाएकाले घर जान लागेको बताए ।

प्रतिक्रिया दिनुहोस