काठमाडौं । आज देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा हावाहुरीसहित वर्षा , मेघ गर्जन र चट्याङ्ग परिरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।
राति पनि देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। अपरान्ह पश्चात् पहाडी भूभागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भुभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मेघ गर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।