३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरी तथा असिनाले रु दुई करोडको क्षति

अ+ अ-

हेटौँडा । विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब रु दुई करोड मूल्य बराबरको क्षति पुर्‍याएको छ ।

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पुर्‍याएको छ ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उपे्रतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिए । यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस