डाक्टर पुनलाई स्पष्टीकरण नसोधिएको मन्त्रालयको स्पष्टोक्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डाक्टर पुनलाई स्पष्टीकरण नसोधिएको मन्त्रालयको स्पष्टोक्ति


७ बैशाख २०७७, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ।

आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव रघुराम विष्टले डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड-१९ विरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए।

उनले कपोकल्पित कुरालाई मिडियाले बढाइचढाइ गरी समाचार सम्प्रेषण गर्नु खेदजनक भन्दै आपत्ति जनाए ।

सहसचिव बिष्टले उनी मन्त्रालयमा हाजिर भईसकेको समेत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस