काठमाडौं । बहरानइनमा एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
अब बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावास जनाएको छ।
बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उनीहरु एउटै कम्पनीमा कार्यरत थिए। उनीहरुको अवस्था सामान्य रहेको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन।
बहराइनमा अहिले सम्म १७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भएको छ भने ७ सय २५ जना निको भएर घर फर्किसकेका छन्।