काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार बोलाएका छन्।
समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाएको वालुवाटार स्रोतले बताएको छ ।
बालुवाटार जानुअघि केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो।
सयौं किलोमिटर टाढा पैदल जान लागेका नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकारलाई चौतर्फी दबाब परेसँगै घर जान खोज्ने नागरिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ।