चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।
अस्पतालले दुई नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको जनाएको छ। उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।
अस्पतालबाट ३६ वटा नमुना प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ ३१ वटाको रिपोर्ट आएको थियो। तिनमा तीनवटा नेगेटिभ पुष्टि भएको र दुइटा थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको पौडेलले जानकारी दिए। ती दुवै व्यक्ति एक महिनाअघि विदेशबाट आएका हुन्।
उनीहरूमा अहिलेसम्म कुनै खाले लक्षण नदेखिएको र अवस्था सामान्य रहेको छ।