१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : विश्वभर १ लाख ४५ हजारको मृत्यु, अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार नाघ्यो

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५ सय २१ पुगेको छ । संक्रमित मात्रै २१ लाख ८२ हजार १ सय ९७ पुगेको छ । ५ लाख ४७ हजार २९५ जना ठिक भएर घर पर्किसकेका छन् ।

शुक्रबार बिहानसम्म अमेरिकामा मत्रै ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । अमेरिकाको न्यूयोर्क शहरमा मृतकको संख्या १६ हजार नाघेको छ।

अहिले कोोनाबाट सबैभन्दा बढी प्रभाति देश अमेरिका बनेको छ । वल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामामात्रै कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७ पुगिसकेको छ।

यस्तै कोरोनाकै कारण २ करोड १० लाख मानिसको जागिर गुमेको नयाँ तथ्यांक छ।

कोरोना भाइरसले अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा भयावह स्थिति छ।

यस्तै स्पेनमा एक लाख ८४ हजार ९४८ कुल संक्रमित भएका छन् भने १९ हजार ३१५ जनाको मृत्यु भएको छ । यसैबीच ७४ हजार ७९७ जना निको भएर फर्किएका छन्। इटालीमा १ लाख ६८ हजार ९४१ कुल संक्रमित भएका छन् भने २२ हजार १७० जनाको मृत्यु भएको छ। यसैबीच ४० हजार १६४ निको भएर फर्किएका छन्।

फ्रान्समा एक लाख ६५ हजार २७ कुल संक्रमित भएका छन् भने १७ हजार ९२० जनाको मृत्यु भएको छ । यसैबीच ३२ हजार ८१२ जना निको भएर फर्किएका छन्। बेलायतमा अहिलेसम्म एक लाख ३ हजार ९३ कुल संक्रमित भएका छन् भने १३ हजार ७२९ जनाको मृत्यु भएको छ ।

इरानमा ७७ हजार ९९५ कुल संक्रमित भएका छन् भने ४ हजार ८६९ जनाको मृत्यु भएको छ । यसैबीच ५२ हजार २२९ निको भएर फर्किएका छन् । बेल्जियममा ३४ हजार ८०९ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ८५७ जनाको मृत्यु भएको छ । यसैबीच ७ हजार ५६२ निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ३७ हजार ६९८ कुल संक्रमित भएका छन् भने ४ हजार ५२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ३४१ कुल संक्रमित भएका छन् भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ८९२ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म २९ हजार २१४ जना संक्रमित भएका छन् भने ३ हजार ३१५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३० हजार ४२५ जना संक्रमित भएका छन् भने एक हजार ९२४ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ हजार २६ जना ठिक भएका छन् ।

टर्कीमा ७४ हजार १९३ जना संक्रमित भएका छन् भने एक हजार ६४३ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ८९ जना निको भएर फर्किएका छन् । स्विडेनमा १२ हजार ५४० जना संक्रमित भएका छन् भने एक हजार ३३३ जनाको मृत्यु भएको छ ।

स्विटजरल्याण्डमा कुल २६ हजार ७३२ संक्रमित भएका छन् भने एक हजार २८१ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ९०० जना निको भएर फर्किएका छन् । क्यानाडामा २९ हजार ९२९ जना संक्रमित भएका छन् भने एक हजार १९१ जनाको मृत्यु भएको छ । त्यस्तै ९ हजार ६७४ जना ठिक भएका छन् ।

यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि भयावह स्थिति सिर्जना भएको छ । हालसम्म संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगिसकेको छ । भने मृत्यु हुनेको संख्या ४ सय ४८ पुगेको छ । १ हजार ७ सय ६८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस