१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चट्याङ लागेर दुईको मृत्यु, पाँच घाइते

अ+ अ-

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो ।

घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

घटनामा अन्य पाँच जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ । यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट्याङ लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ ।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस