१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत माग्दै वडा कार्यालयमा धर्ना

अ+ अ-

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन् ।

महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि आफूहरुसँग अर्थाभावका कारण खरिद गर्न सक्ने अवस्था नभएको उनीहरुले जनाएका छन् । उनीहरुले सुपथ मूल्य पसल नभइ निःशुल्क खाद्यान्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण आफूहरुले काम गर्न नपाएको र घरमा खाद्यान्न सामग्री केही नभएकाले राहत माग्न वडा कार्यलयमा आएको पावर्ती कोलीले बताए ।

वडा नं ८ कार्यालयले ५६ गरिब परिवारको विवरण नगरपालिकालाई पठाएको वडासचिव श्यामसिंह धामीले बताए। उनले भने, “हामीलाई मूल्य सूचीसहित खाद्य सामग्री उपलब्ध गराएको छ, त्यही आधारमा बिक्री गरिरहेका छौँ ।” दलित परिवारको माग निःशुल्क वितरण गर्नुपर्ने भएकाले नगरपालिकाले मूल्य तोकी बिक्री गर्न भनेको हुँदा आफूले पैसा लिएर बिक्री गरिरहेको सचिव धामीको भनाइ छ ।

वडाध्यक्ष चक्रसिंह विष्टले पनि गरिब परिवारले राहतका लागि धर्ना दिएको विषयमा आफूले महाकाली नगरपालिकामा जानकारी गराएको दिए । पालिकाले त्यस्ता नागरिकको लगत सङ्कलन गर्न थालेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस