काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लकडाउन अवधिभर फिल्डमा खटिने कर्मचारीलाई अतिरिक्त सुविधा दिने घोषणा गरेको छ ।
प्राधिकरणले नो लाइट, मिटर सिकायत र मर्मत सम्भारको कार्यका लागि फिल्डमा खटिने कर्मचारीलाई खाइपाइ आएको तलव सुविधामा सुरु तलबको ५० प्रतिशत र प्रशारण निर्देशनालय अन्तर्गत ग्रीडमा कार्यरत फिल्डमा खटिने मर्मत सम्भार टिमका कर्मचारीलाई ३० प्रतिशत थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार चैत १० देखि लकडाउन अवधिभर सुरु तलबमा उक्त अतिरिक्त सुविधा दिने निर्णय भएको हो ।
यससँगै फिल्डमा खटिने कर्मचारीहरु कार्यालय बाहिर गएर काम गर्दा कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहने भन्दै मास्क, पञ्जा, सेनिटाइजर जस्ता सुरक्षा सामग्री समेत उपलब्ध गराउने निर्णय नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको छ ।