२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव

अ+ अ-

चितवन । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने बताए । उनले भने, ‘अस्पताललाई स्तरोन्नति गरी एक हजार श्ययाको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।’ अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरिने उनले बताए । केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाको अभिभावकत्व ग्र्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा कटिबद्ध हुने बताए ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले गत सात महिनामा बहिरङ्ग सेवामा दुई लाख २० हजार बिरामीलाई सेवा दिइएको, आकस्मिक कक्षमा ३० हजार ८३३ को उपचार गरिएको र दुई हजार २५१ जनाले भर्ना भएर सेवा लिएको बताए । देशैभरका बिरामी आउने गरेको भए पनि चितवनसहित १९ जिल्लाका बिरामीको सङ्ख्या धेरै रहेको उनको भनाइ थियो ।

तिवारीले गुरुयोजनाअनुसार काम गर्नुपर्ने, स्रोतसाधनको उचित व्यवस्थापन गर्नुपर्ने, करार, अस्थायी कर्मचारीको व्यवस्थापन गनुपर्ने, विशेषज्ञ सेवाका लागि छुट्टाछुट्टै भवन बनाउनुपर्ने जिम्मेवारी आफूहरुसँग रहेको जानकारी दिए । उनले अस्पतालका भवनको रङरोगन यसै वर्ष गर्ने योजना रहेको बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विसं २०१३ मा सामान्य स्वास्थ्य केन्द्रबाट शुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आइपुगेको हो ।

उल्लङ्घन गर्नेलाई कारवाही
जिल्लाा कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनको उल्लङ्घन गर्ने एक हजार २४१ जनालाई कारवाही गरिएको छ । लकडाउनको अवधिमा ८५८ मोटरसाइकल, २०० स्कुटर, १०६ साइकल नियन्त्रणमा लिई कारवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस