१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा रेपिड टेष्ट कार्यान्वयनमा ढिलाइ

अ+ अ-

गलकोट । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा मङ्गलबार बेलुकासम्म मन्त्रालयको कुनै टोली नआएको सरोकारवाला निकायले जनाएका छन् । पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ तथा धौलागिरि अञ्चल अस्पतालमा र्यापिड टेष्ट किट तथा प्राविधिक टोली हालसम्म नआएको बताइएको छ ।

हालसम्म धौलागिरि अस्पतालले कोरोना शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ अथवा पोखरा पठाउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । ‘हालसम्म र्यापिड टेष्ट किट र प्राविधक टोली आइपुगेको छैन’, उनले भने ‘स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको छ, चाँडै आइपुग्छ भन्ने छ ।’ पोखरेलका अनुसार मन्त्रालयमा जानकारी लिँदा बायोमेडिकल इन्जिनियरसहित दुईजना प्राविधिक आउने जानकारी पाइएको हो ।

मन्त्रालयमा यस विषयमा जानकारी लिँदा बुधबारमात्र किटसहितको प्राविधिक काठमाडौँबाट हिँड्ने जानकारी प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार भनेको समयमा प्राविधिकसहित किट नआउँदा निर्णय कार्यान्वयनमा झण्डै पाँच दिन लाग्ने भएको छ । अहिलेको अवस्थामा निर्णयहरु तत्काल कार्यान्वयन नहुँदा सङ्क्रमण बढ्न सक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । आइतबार र्यापिड टेष्ट गर्ने निर्णयसँगै जिल्लामा प्राविधिक तथा किट पठाइएको मन्त्रालयले जानाए पनि बागलुङमा आजसम्म प्राविधिक टोली आएको खण्डमा निर्णय भएको पाँच दिनपछि मात्रै र्यापिड टेष्ट हुने भएको हो ।

मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै नौ सय र सङ्क्रमण देखिएका दुईजनाका छिमेकीसहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ । स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुत परीक्षण गर्ने सरकारले निर्णय गरे पनि तीन दिनसम्म टोली जिल्लामा नआएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टासम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रुत परीक्षणमा १० देखि १५ मिनेटमै कोरोनाको सङ्क्रमण भए नभएको परीक्षण गर्न सकिन्छ ।

बागलुङमा अहिले दुईजना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । दुवै सङ्क्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस