२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी नेपाल प्रवेश गरे त्यसबारेमा जानकारी लिइएको छ ।

सशस्त्र प्रहरी बल ३५ गण झलारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाली सेना, वेदकोट नगरपालिका र स्वाथ्यकर्मीलगायतको प्रयासले कञ्चनपुरमा देखिएको कोरोनाको चेन पत्ता लगाई आवश्यक कदम चालिएको उनले बताए ।

देश पूरै लकडाउन र सम्पूर्ण सीमानाका बन्द रहेको अवस्थामा यही चैत १४ गते दिनको १२ बजे ११ व्यक्ति भीमदत्त नगरपालिकाको विकट खल्ला मसेट्टी क्षेत्रमा ज्यानको बाजी थापेर ट्युबमार्फत महाकाली नदी तरेर नेपाल प्रवेश गरे । सीमा गस्तीमा रहेको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोष्ट) ब्रह्मदेवका पाँच जनाको टोलीले ट्युबमार्फत महाकाली तर्ने ११ जनालाई ठाउँको ठाउँ नियन्त्रणमा लियो । ट्युबमा तार्ने दुई जनाको संलग्नता रहेको पाइयो ।

“नियन्त्रणमा लिइएकालाई व्यक्तिगत विवरण भर्न र स्वास्थ्य जाँच गर्न दिनको ४ बजे गड्डाचौकी ल्याइयो”, सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, “गड्डाचौकीमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्नेदेखि क्वारेन्टाइनको व्यवस्था गर्ने काम भयो । सोही दिनको रात ९ बजेर ३० मिनेट जाँदा उनीहरुलाई वेदकोट, सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा पुर्‍याइयो ।”

नियन्त्रणमा रहेकाहरुलाई क्वारेन्टाइनसम्म ओसार्न सशस्त्र प्रहरी राजश्व गुल्म, गड्डाचौकीका थप नौ सशस्त्र प्रहरी, यातायात सेवा दिने तीन (सवारी धनी, चालक र सहचालक) को सहयोग रहेको थियो । नियन्त्रणमा लिइएकामध्ये एक जनाको पोजेटिभ रहेको पुष्टि भएसँगै उनलाई कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारर्थ भर्ना गरिएको छ । नियन्त्रणमा लिइएका १० जनाको रिपोर्ट नेगेटिभ रहेको र उनीहरु वेदकोटको क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका अन्य १७ सशस्त्र प्रहरी र सवारी चालकलगायतको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चैत २० गते वेदकोट–९ सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखिएका ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चैत २२ गते रिपोर्ट आएको थियो । कञ्चनपुरका कोरोना सङ्क्रमित व्यक्तिलाई महाकाली नदीमा ट्युबमार्फत तार्न सहयोग गर्ने दुई जनालाई क्वारेन्टाइमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका दुवै जनाको स्वाब परीक्षणका लागि तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस