३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, तत्काल हिरासतमा लिन माग

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपचार सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले‌ बिहीबार उजुरी दिएका हुन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकमाथि कारबाहीको माग गरिएको छ।

उजुरीमा पदमा रहँदा प्रमाण नष्ट गर्ने भन्दै तत्काल हिरासतमा‌ लिएर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको‌ छ।

महामारीको बेला कयौँ गुणा बढी मूल्यमा त्यसमाथि पनि गुणस्तरहीन उपचार सामग्री खरिद गर्नु अक्षम्य अपराध भएको‌ उनको तर्क छ ।

उजुरीमा विश्व स्वास्थ्य सङ्गठनले महिनौँ पहिले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको चेतावनी दिइसक्दा पनि नेपालले यस सम्बन्धमा आवश्यक पर्ने स्वास्थ्य उपकरणको आयात तर्फ कुनै चासो नदेखाउनुले पनि यो बदनियतलाई झन् पुष्टि प्रदान गरेको जनाइएको छ ।

‘यसबाट माथि उल्लेखित पदाधिकारीको अन्तिम घडीमा स्वास्थ्य सङ्कटको मनोवैज्ञानिक दबाबमा खरिदका सबै नियम एवं प्रक्रिया मिचेर आफूलाई गैर कानुनी लाभ एवं राज्यलाई गैर कानुनी हानि तुल्याउने कूनियत प्रस्ट देखिन्छ’, जब नेपालमा कोरोनाको पोजेटिभ केस देखियो तत्पश्चात् विद्यमान सबै नियम एवं प्रक्रिया मिचेर वाणिज्य विभागमा दर्ता समेत नभएको, मेडिकल उपकरणको खरिद गर्नु बदनियत पूर्ण भएको‌ उजुरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस