१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पौडेलको सन्देश – ‘कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं’

अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताएका हुन्।

उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने उल्लेख गर्दै ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगीसकेको र मेसिनहरु जडान गर्ने कार्य सकिएको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले संसार कोरोनाको त्रास भइरहेको बेला नेपाल सरकारले चालेको दुरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट भने उल्लेख गरे । ‘हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं’ सन्देशमा उल्लेख छ ।

पौडेलले सन्देशमा विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासंग जोडेर हेर्नु भनेको नेपाली स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वको योगदानको अवमूल्यन गर्नु हो भनेका छन् ।

“कुनैपनि बेला कोरोना फैलनसक्ने सम्भावना जिवित नै छ । छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ । प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदछौँ” मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस