१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपंक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ। यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन्। तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे। लकडाउनपछि भोकै छन्। तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने निर्णय गरेको हो।

बैठकले वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रमुख शाक्यले भने, राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई रु चार लाख, मझौला वडालाई रु तीन लाख र साना वडालाई थप निकासा दिएको छ। आवश्यक पर्‍यो भने पुनः थप गर्ने निर्णय भएको छ।

त्यसैगरी बैठकले कोभिड–१९ सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत पनि गरेको छ। कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणको कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको प्रमुख शाक्यको भनाइ छ।

‘कामपाको भित्री क्षेत्रमा बसोबास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति यसबेला खाना, खाजा नपाएर समस्यामा पर्नुभएको छ, यस्ता वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो’उनले भने। बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका, अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्ति असहाय हुन्। आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अतिविपन्न परिवारमा राखिएको छ।

त्यसैगरी सङ्गठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिकरूपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ।

‘लकडाउनपछि अहिले खाद्यान्न, ग्यासलगायतका सामग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशङ्का उत्पन्न भएको छ’, प्रमुख शाक्यले भने, ‘आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घरघरमा खाद्यान्न पुर्‍याउने, आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने पनि निर्णय गरेको छ।’

बैठकले ५०० जनासम्मलाई राख्न मिल्ने क्वारेन्टाइनको व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ। कोरोनाको सङ्क्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रविधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो। भित्री शहरी क्षेत्रमा चहलपहल कम गराउन थप कडाइ गर्ने पनि जनाइएको छ। यस क्रममा कामपाको सहयोगमा नियमित डाइलासिस गराउनुपर्ने मिर्गौलाका बिरामीले नियमित डाइलासिस गर्न नपाएर समस्या भएको विषय पनि चासोका साथ हेरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस