२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले आज एक विज्ञप्तिमार्फत वर्तमान विषम परिस्थितिमा केही समयका लागि बन्द हुन पुगेका सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीको अवस्थालाई समेत ध्यानमा राखेर आर्थिक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

युनियनले राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाएको छ । ‘कोरोना भाइरसको सङ्क्रमणका कारण आफ्नो जीवन जोखिममा राखेर आमजनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना सङ्कलन गरी प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार क्षेत्र पनि यतिखेर मारमा परेका छन् । सञ्चालनमा रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना सङ्कलन र सम्प्रेषणमा तल्लिन छन्’, विज्ञप्तिमा उल्लेख छ ।

तत्काल सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत पुर्‍याउने विशेष प्याकेजको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिग्देलले दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउनसमेत आग्रह गरेका छन्। युनियनले महामारीको विषम परिस्थितिमा सत्यतथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्री मात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस