क्वारन्टीनमा नबस्ने र सम्पर्कमा नआउनेलाई कारबाही गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्वारन्टीनमा नबस्ने र सम्पर्कमा नआउनेलाई कारबाही गर्ने


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले विदेशबाट फर्केर क्वारन्टीनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ ।

चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारन्टीनमा बस्न अनिवार्य गरिए पनि धेरैले त्यसलाई पलना नगरेपछि सरकारले कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारन्टीनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको छ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस